दफा २३
तथ्याङ्क प्रमाणित गराउनु पर्ने
(१) नियम १७ बमोजिम तथ्याङ्क सङ्कलन अनुमति प्राप्त सरकारी निकाय वा संस्थाले तथ्याङ्कको नतिजा प्रयोगमा ल्याउनु वा प्रकाशन गर्नुअघि कार्यालयबाट प्रमाणित गराउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम तथ्याङ्क प्रमाणित गराउनको लागि सम्बन्धित सरकारी निकाय वा संस्थाले सोको प्रतिवेदन तथा सारांशसहित सूक्ष्म कोरा तथ्याङ्क संलग्न गरी कार्यालयमा अनुसूची-६ बमोजिमको ढाँचामा निवेदन पेस गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम प्राप्त निवेदन उपर नियम १८ को उपनियम (१) बमोजिमको सिफारिस समितिले देहायका विषय जाँचबुझ गरी तथ्याङ्क प्रमाणीकरण गर्न योग्य देखिएमा प्रमुख तथ्याङ्क अधिकारी समक्ष सिफारिस गर्नु पर्नेछ:-
(क) राष्ट्रिय मानक तथा गुणस्तरको पालना गरे, नगरेको,
(ख) अनुमतिपत्रमा उल्लिखित विधि बमोजिम तथ्याङ्क सङ्कलन भए, नभएको,
(ग) नियम १७ को उपनियम (१) को खण्ड (ग) बमोजिम पेस भएको तथ्याङ्क सङ्कलन अनुमति फाराममा उल्लिखित कार्ययोजना अनुसार दथ्याङ्कीय क्रियाकलाप सम्पन्न भए, नभएको, र
(घ) तथ्याङ्कीय नतिजा गुणस्तरीय भए, नभएको ।
(४) उपनियम (३ ) बमोजिमको सिफारिसका आधारमा प्रमुख तथ्याङ्क अधिकारीले तथ्याङ्क प्रमाणित गरी अनुसूची-७ बमोजिमको ढाँचामा प्रमाणपत्र प्रदान गर्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिम प्रमाणित भएका तथ्याङ्कको व्यवस्थित अभिलेख कार्यालयले राख्नु पर्नेछ।